प्रसाईसँग डराए ठुलै पार्टी, मंसिर ७ मा ३ लाखले उपत्यका घेर्ने गृहमन्त्रालयको आंकलन

No ads found for this position
No ads found for this position

काठमाडौं- पछिल्लो समय मलेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरेको नागरिक बचाउ महाअभियानप्रति राजनीतिक दलका ठुला पार्टीका शीर्ष नेताहरु समेत डराउन थालेका छन् ।

गणतन्त्र जोगाउन र राजावादीका क्रियाकलापको प्रतिरोध गर्ने ठूला दलहरु एकै ूस्थानमा उभिने मंगलबार बसेको बैंठकबाट उनीहरुले सहमति गरेका छन् । बैठकमा तीनै दलका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर रहेको र यसको रक्षाका लागि संघर्ष गर्न तयार रहेको समेत बताएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत ठूला दलका नेताको सहभागितामा सम्पन्न बैठकले राजावादीका क्रियाकलापको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो। पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईले राष्ट्रवादी अभियान चलाउँदै आएका छन् । उनले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन समेत गर्न घोषणा गरेका छन् । यही आन्दोलन लक्षित गर्दै तीनै दलका शीर्ष नेताहरुले एकं ठाँउ उभिने निर्णय समेत गरेका छन् ।

प्रसाईंकै अभियानको प्रतिवाद गर्न र गणतान्त्रिक व्यवस्था यथावथ् हुनुपर्ने भन्दै मंगलबार प्रमुख दलका शीर्ष नेताले सिंहदरबार बैठक समेत बसेर प्रसाईंको आन्दोलनमा बारेमा छलफल समेत गरेका थिए ।

गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू सबै मंसिर ७ पछि एकै ठाँउमा उभिने प्रसाईंले जानकारी दिए । उनको अनुसार यो सामान्य विषय भने होइन । अब देशमा राष्ट्रवादी आन्दोलनको आँधीबेरी आउने उनको दाबी छ । ‘देशमा अहिलेको अवस्था आएकै लोकतन्त्रका कारण हो । त्यही भएर सबै राजनीतिक दलमा नेताहरु डराएका छन् । जनताले अब उनीहरुलाई नछाड्दैनन् । त्यही डराएर एकं स्थानमा उभिर्दैछन् । अब उनीहरुलाइए जनताले विश्वास गदैनन् ।’ उनले भने ।

प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेका छन्। हिन्दु राज्य कायम गर्नुपर्ने, राष्ट्रवादी आन्दोलन, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेन्डा अघि सार्दै आएका छन् ।

प्रसाईको आन्दोलनमा तीन लाखभन्दा बढी नागरिक काठामाडौंमा भेला हुने गृहमन्त्रालयले अनुमान छ । जसका कारण काठमाडौंमा सुरक्षा बढाउने तयारीमा समेत गृहमन्त्रालय लागेको छ । युवा संघको पनि काठमाडौं त्यसदिन कार्यक्रम भएकाले प्रहरीले झन सुरक्षा थप्ने तयारीमा छ । यो विषयमा अहिले गृहमन्त्री र प्रधानमन्त्री समेत छलफलमा जुटेका छन् ।

नेपालको पैशा जति ५५ जना व्यापारीका हातमा छ । यति मात्र होइन यो देशमा केही मारवाडी व्यापारले अर्थतन्त्र नै लुट्न लागेका छन् । आफुले तीनै तस्करी, सुन तस्करी र अन्य समस्याका बारेमा आवाज उठाएको प्रसाई बताउँछन् । केही नेपाली मारवाडी व्यापारीले देश लुटेको समेत प्रसाईले आरोप लगाउँदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *