भूकम्पमा परि घाइते भएकाहरूको जीवन बचाउन तरुण दलले गर्यो रक्तदान (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- भूकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न नेपाल तरुण दलले रक्तदान गरेको छ ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा तरुण दलले रक्तदानको कार्यक्रम आयोजना गरेको अध्यक्ष विद्वान गुरुङले बताएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रका घाइतेहरूको उपचारमा रगत अभाव नहोस् भनेर तरुण साथीहरूले रक्तदान गरिएको बताए ।

उनले भने, ‘देशमा विपत्ती पर्दा तरुण दल जनताको सेवामा जुट्छ । तरुण दलको पनि दायित्व छ । जनताको सेवा गर्नु हाम्रो उद्देश्य हो । सोही कारण रक्तदान गरेर घाइतेको जीवन बचाउन रक्तदान गरेका छौँ ।’

अध्यक्ष गुरुङले रक्तदाताहरूलाई धन्यावाद समेत दिएका छन् । उनले घाइतेले उपचार गराइरहेका अस्पतालमा रगतको अभाव भएमा रक्तदान गरेर जीवन बचाउन तरुणहरूसँग अनुरोध पनि गरेका छन् ।

तरुण दलको रक्तदान कार्यक्रममा एक सयभन्दा धेरैले रक्तदान गरेका छन् ।

तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका रक्तदान कार्यक्रमका संयोजक अशोक झाका अनुसार भूकम्पमा परेका घाइतेको उपचारका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

यसैबीच, तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणका लागि नगद संकलनको कार्य पनि गरेको छ । आफ्ना सदस्य र शुभेच्छुकहरूसँग रकम संकलन गरेर तरुण दलले भूकम्प प्रभावितहरूलाई पठाउनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *