उचित छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

No ads found for this position
No ads found for this position

सिरहा- सिरहाको गोलबजार नगरपालिका- ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणको छानबिनगरी दोषीमाथि कारबाहीको माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।

मिर्चैया नगरपालिका- ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

उनीहरुले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।

सोमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन्।
उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएकी छिन्।

घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानबि हुनु पर्छ।’

प्रधानाध्यमपक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *