बैंक तथा वित्तीय संस्थाबाट लुटिएका र घरबार विहीनमाथि युवा संघको आक्रमण : प्रसाई

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले युवा संघले आफुमाथि नभए बैंक तथा वित्तीय संस्थाबाट लुटिएका नागरिकमाथि आक्रमण गरेको बताएका छन् ।

सर्वहारा जनता सडकमा उत्रिने थाहा पाएपछि घरबार विहीन तथा बैंक तथा वित्तीय संस्थाको अचाइँदो ऋणबाट थिचिएका नागरिकमाथि एमालेले अन्याय गरिरहेको प्रसाईको आरोप छ ।

देशमा हेपिएका जनताको ज्वालामुखी आउने थाहा पाएपछि एमाले अध्यक्ष केपी ओली नै आत्तिर्दै युवा संघलाई उचालेर सर्वसाधारण नागरिकको अधिकार खोस्न लागि परेको प्रसाईले बताए ।

‘देशमा आर्थिक मन्दीका कारण जनता भोकै बस्ने अवस्था सिर्जना भएको छ । यो अवस्थाबाट जनतालाई न्याय दिन आफुले आन्दोलन गर्न लागेको हुँ । यसमा एमाले र युवाको किन टाउको दुखाई भयो ।’ उनले भने, ‘पछिल्लो समयमा आफुले राष्ट्रवादी आन्दोलन गर्न लागेको र आफ्नो आन्दोलन एमाले तगारो बन्न खोजी रहेको छ । तर, जनताले उनीहरूको बारेमा थाहा पाएर झन् आन्दोलनमा होमिने छन् ।’

आफ्नो लडाई देश, जनता र पछिल्लो राजनीतिक विकृतिका विरुद्ध मात्र भएको उनको भनाइ छ । राष्ट्रवादी आन्दोलनमा अन्यबाट केही नबोलेको अवस्थामा एमाले मात्र नचाहिँदो फन्डा फैलाउन थालेको र त्यसका बारेमा जनता जानकार भइसकेको प्रसाईको बुझाइ छ ।

नेपालको पैशा जति ५५ जना व्यापारीका हातमा छ । यति मात्र होइन यो देशमा केही मारवाडी व्यापारले अर्थतन्त्र नै लुट्न लागेका छन् । आफुले तीनै तस्करी, सुन तस्करी र अन्य समस्याका बारेमा आवाज उठाएको प्रसाई बताउँछन् ।

आर्थिक मन्दी देशमाथि भइरहेको लुटतन्त्र, तस्करी, नेपालीको पैशा विदेश लैजाने प्रवृत्ति, युवा जति वैदेशिक रोजगारी जाने, देश युवाविहिन बन्दै, कृषि क्षेत्रमा उत्पादन नहुने, आयातमा देश निर्भर हुँदै र देशमा तस्करको हातमा भएको पक्षमा आफुले आवाज उठाउँदा युवा संघले आक्रमण गर्न खोजिरहेको प्रसाईको आरोप छ ।

प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा समेत गरेका छन् । प्रसाईले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि मंसिर ७ गते  मा माइती घर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ ।

युवा संघलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन् । जसका कारण पनि युवा संघ प्रसाईको कार्यक्रम बिथोल्न लागि परेको बुझिन्छ । युवा संघलाई उचालेर एमाले नेता बस्नेतले प्रसाईमाथि आक्रमण गर्ने योजना समेत बनाइरहेको महाअभियानका समर्थकहरुको आरोप छ ।



प्रतिक्रिया

One thought on “बैंक तथा वित्तीय संस्थाबाट लुटिएका र घरबार विहीनमाथि युवा संघको आक्रमण : प्रसाई

  1. यो गरीब पीडित दुखित लाई न्याय मात्रै नभय र गरीब लाई कानुन ठुलो लाई ।चयन हुने हो भने यो देशमा कसरी न्याय हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *