भूकम्प प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार गर्न सरकारलाई देउवाको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले भूकम्पबाट घाइतेहरुको शिघ्र उपचार गर्न तथा प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउन माग गरेको छ ।

प्रभावित भएकालाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न सरकारसँग माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका- १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुख व्यक्तसमेत गरेका छन् ।

‘भुकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु’ सभापति देउवाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

उनका अनुसार कांग्रेसका उपसभापति एवं नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन त्यसतर्फ जान लागेको छन् ।

साथै यस कठिन घडीमा नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देश गर्दै यो विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न सम्पूर्ण दिदीबहिनी-दाजुभाइहरुमा देउवाले अपील गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *