भूकम्प पीडितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल समेत गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ३० नाघेको जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *