भूकम्पमा परी निधन हुनेको संख्या १ सय ३० नाघ्यो (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

सुर्खेत- शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ३० नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *