प्रसाईको आन्दोलन बिथोल्न युवा संघ अग्रसर, मंसिर ७ मा कार्यक्रम जुधाउँर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ७ गते देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईले गत साता नै राष्ट्रवादी आन्दोलन गर्ने घोषणा गरेका थिए ।

प्रसाईले कार्यक्रम सार्वजनिक गरेपछि युवा संघले पनि मंसिर ७ मा माइती घर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन् ।

बस्नेतले एक भिडियोमा बोल्दै आङकाजी र प्रसाईको कार्यक्रम बिथोल्न युवा संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । भने, प्रसाईको कार्यक्रम बिथोल्न युवा संघले विभिन्न स्थानमा अवरोध गर्ने समेत योजना अघि बनाइरहेका छन् ।

यो विषयमा एमाले नेता बस्नेतलाई बुझन खोज्दा उनले केही जवाफ दिएनन् । एमालेले आफनो राजनीतिक हैयिसत देखाइरहेको र स्वतन्त्र पुर्वक राष्ट्रवादी आन्दोलनमा अवरोध गर्नु कानुन विपरित भएको प्रसाईले जानकारी दिए ।

देशको पछिल्लो अवस्थाका बारेमा आफुले आवाज उठाएको र यो एमालेका लागि ठुलो भार भएको उनले बताए । ‘मैले राष्ट्रवादी आन्दोलन गरेको हुँ । देश र जनताका लागि आवाज उठाउँदा एमालेको किन टाउको दुखाई भयो । यो नै मेरो प्रश्न छ ।’ उनले भने, ‘देशको अवस्था हेर्ने हो भने अहिले जो कोही नेपालीको आसु आउँछ । मैले देशको समसामयिक विषयमा बोलेको र जनतामा पुगेको हुँ । एमालेलाई यो देखीसक्नु भएन ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लाई पक्राउ गर्ने दबाब दिइरहेका छन् । यो विषयमा ओली सार्वजनिक रुपमा नबोलेपनि उनले प्रसाईलाई पक्राउ गर्ने सौदावादी गरिरहेको पाइएको छ ।

ओलीले प्रधानमन्त्रीसँग प्रसाईलाई पक्राउ गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) पास गर्ने सहयोग गर्ने बचन समेत दिएको प्रधानमन्त्रीनिटक नेताहरुले बताएका छन् । ओलीका बारेमा पछिल्लो समय प्रसाईले टिकाटिप्पणी गर्ने थालेपछि ओली प्रसाईविरुद्ध खनिन थालेका छन् ।

दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका छन्। प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन् । प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।
प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा समेत गरेका छन् । प्रसाईले हिन्दु राज्य कायम गर्नुपर्ने,राजसंस्था पुर्नस्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखी देशव्यापी आन्दोलन गर्दै आएका छन् ।
एमालेको केन्द्रीय सदस्य त्याग गरेर राष्ट्रवादी अभियान थालेका प्रसाईका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारसँग माग समेत माग्दै आएका छ । प्रसाईले एमाले अध्यक्ष ओलीले भष्ट्राचार गरेको पैशा विदेशमा लगानी गरेको सार्वजनिक रुपमा अभिव्यक्ति दिदै आएपछि ओली र प्रसाईबीच सम्बन्ध बिग्रिएको एमालेकै नेताहरु बताउँछन् ।

असोज २५ गते झापाको अर्जुनधारा नगरपालिकामा आयोजित युवा संघको कार्यक्रममा प्रसाई समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरेको युवा संघको आरोप छ। उक्त कार्यक्रममा एमाले नेता बस्नेत पनि सहभागी थिए । कार्यक्रममा पहिचानवादीले गाडी तोडफोड गरेको जिम्मा लिएका थिए । युवा संघले भने प्रसाईका समर्थक कार्यक्रमस्थल प्रवेश गरी गाडी तोडफोड गरेको आरोप लगाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *