प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेट्टायो ९ लाख

फेला पारेको रकम प्रहरीले सबन्धित व्यापारीलाई बुझायो

No ads found for this position
No ads found for this position

महोत्तरी- प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेटाएको ९ लाख रुपैया  जिम्मा लगाईएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी महतोलाई हस्तान्तरण गरिएको हो ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

कसरी फेला परेको थियो ?

गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खोलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।

हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनको पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।

महतो भन्छन्- प्रहरी मेरा लागी भगवान जस्तै बने

पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।

`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने ।

पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन् । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।

ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् ।  प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको  जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *