साहित्कार डा. राजेन्द्र विमलको निधन

No ads found for this position
No ads found for this position

जनकपुर । वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ ।

७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ । विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एउटा लामो र सक्रिय साहित्यिक यात्राको अन्त्य भएको छ ।

विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई नेपाली साहित्यको आख्यानमा स्थापित गर्ने साहित्यकारका रूपमा उनको विशिष्ट पहिचान थियो ।

स्व. राजेन्द्र विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभका जेठो दाजु हुन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *