‘गणपत’को पतन: ११ दिनमा १३ करोड कमाउन पनि मुश्किल

No ads found for this position
No ads found for this position

मुम्बइ- टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए ।

तर, यो चलचित्र हलमा पुग्दा दर्शकले रूची देखाएनन् ।  यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाइ लाखमा पनि कमाउन मुस्किल छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस्  ‘गणपत’ ले रिलिजको ११ औं दिनमा कति कलेक्शन गर्यो ।

सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै  टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।

यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोड मात्रै कमाउन सक्ने देखिन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *