दसैंमा २५ हजारभन्दा बढीले गरे पाथीभराको दर्शन

कोजाग्रत पूर्णिमाको दिन मात्र ४ हजार ३ सय २२ जनाले गरे दर्शन

No ads found for this position
No ads found for this position

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैंको समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैंको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ ।

नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ६ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन ४ हजार ३ सय २२ जनाले दर्शनका छन् ।

दसैं र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

उनका अनुसार अधिकांश जिल्लाबाट पाथीभरा दर्शन गर्न भक्तजन आएका छन् । सङ्घीय राजधानी काठमाडौंलगायतबाट समेत भक्तजन दर्शनमा आएका छन् । नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *