कांग्रेसप्रति आम नागरिकको विश्वास घटेको छैन : सभापति देउवा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकता लिएको बताएका छन् ।

बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई आँफूले सकारात्मक रूपमा लिएको बताए।

देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी बताए। देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’

यस्तै उनले कांग्रेस भित्र बेमेल भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए । उनले दलभित्र फरक मत हुन सक्ला तर यसलाई मिलाएर व्यवस्थापन गरिरहेको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *