आजबाट बडा दसैंको समापन हुदैँ

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दसैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दसैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादसैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडा दसैंलाई बिदा गर्ने चलन रहेको छ।

बडा दसैं समापन भएसँगै टिका ग्रहण कार्य पनि रोकिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *