एमाले नेता बस्नेतको निर्देशनमा युवा संघले प्रसाईमाथि साङ्घातिक हमला गर्न खोज्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि गत असोजमा युवा संघको केही कार्यकर्ताले काठमाडौंमा कालोमोसो छ्यापेका थिए । प्रसाईलाई कालोमोसो छ्यापेको विरोधमा देशभर महाअभियानका समर्थकले आन्दोलन समेत गरेका थिए ।

प्रसाईमाथि एमाले नेता महेश बस्नेतको निर्देशनमा युवा संघका कार्यकर्ता साङ्घातिक हमला गर्ने गरी अभिव्यक्ति र विरोध गरिरहेको समर्थकले आरोप लगाएका छन् ।

गत असोजमा झापाको अर्जुनधारा नगरपालिकामा भएको युवा संघको कार्यक्रममा पहिचानवादी पक्षधारहरुले बस्नेत सहभागि कार्यक्रममा तोडफोड गरेका थिए । उक्त तोडफोडको जिम्मा पहिचानवादीहरुले लिइसकेका छन् । बस्नेतले भने उक्त तोडफोड प्रसाईले गर्न लगाएको भन्दै उनीमाथि आक्रमण गर्नका लागि युवा संघका कार्यकर्ता उस्कावट गरिरहेको महाअभियानका कार्यकर्ताले बताउँदै आएका छन् ।

प्रसाईलाई एमालेनिटक भातृसंगठन पुर्वप्रहरी र सैनिक संगठनले प्रसाईलाई भक्तपुर प्रवेशमा रोक लगाउने भन्दै विज्ञप्ती समेत निकालेको छ भने बस्नेतले पनि प्रसाईले माफि नमागेसम्म उनीमाथि आक्रमण गर्ने धम्की सार्वजनिक अधिव्यक्ति दिर्दै आएका छन् ।

युवा संघका एक सदस्यकाअनुसार प्रसाईमाथि आक्रमण गर्न एमाले नेता बस्नेतले एमालेनिटक भातृसंगठनका कार्यकर्ता उकास्ने काम गरिरहेका छन् । जसका कारण एमाले पार्टीको छविमाथि प्रश्न उठन थालेको उनले बताए ।

बस्नेतलाई एक त गुन्डा भनेर सामाजिक सञ्जालमा गाली गरिरहेका छन् । त्यसमा प्रसाईमाथि कालोमोसो छ्यापेपछि एमालेको पनि बदनाम र प्रश्न उठन थालेको ती सदस्यले जानकारी दिए ।

बस्नेतकै कारण युवा संघलाई गुन्डागर्दी गर्ने भनेर सामाजिक सञ्जालमा सवसाधारणले गाली गर्न थालेको उनको भनाइ छ । यही दशैंमा इलामको दानाबारीमा दुर्गामाताको मन्दिर राख्न तयारीमा रहेको प्रसाईलाई युवा संघका कार्यकर्ता रोकेका थिए ।

त्यसको कोशी प्रदेशमा ठुलो विरोध भइरहेको छ । भने, एमालेमाथि प्रश्न पनि उठिरहेको छ । युवा संघको काम भनेको ठेक्कापट्टा गर्ने, तस्करको संरक्षण गर्ने, समाजमा विकृति मचाउने, युवा पलायन भइरहेका छन् । त्यसमा चासो नदिने गरेको प्रसाईले बताएका छन् । मारवाडी तस्करी, सुन, सुपारी, सर्पछालाको तस्करी र अराजक गतिविधिमा युवा संघ फसेको प्रसाईको आरोप छ ।
आफुमाथि युवा संघले अप्रत्यक्ष रुपमा आक्रमण गर्ने योजना बनाएको सुचना पाएको र त्यसमा एमालेका नेता बस्नेतको हात रहेको उनले जानकारी दिए ।

बस्नेतले लोकतन्त्रमा आफु राजा भएको र यो देशमा आफनो पार्टीका नेताको वास्तविकता अपराध, भष्ट्राचार र अन्य विकृतिका बारेमा बोल्ने दोस्रो व्यक्तिमाथि आक्रमण गर्दै आएको प्रसाईको आरोप छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *