काठमाडौंमा जिउँदो खसी प्रतिकेजी ६ सय ७० र च्याङ्ग्रा १२ सय ६० मा बेचिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा जिउँदो खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो ।

सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँका दरले बिक्रि बितरण गरिनेछ ।

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिने छ । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो  ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् ।

यस दसैं लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्र्याएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *