अफगानिस्तानमा फेरी ६.३ म्याग्निच्युडको भूकम्प- एकको मृत्यु, १०० बढी घाइते

No ads found for this position
No ads found for this position

काबुल- पश्चिमी अफगानिस्तानमा फेरी गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ ।

केही दिन अघि  यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तेस्रो पटक गएको यो भुकम्प चार माइलको गहिराईमा थियो।

स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा एक जनाको मृत्यु भएको छ । अन्य एक सय जनाको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *