मुसिकोटमा अटो दुर्घटना हुँदा सात जना घाइते

No ads found for this position
No ads found for this position

रुकुमपश्चिम- रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

मुसीकोट नगरपालिका-१ खलङ्गाबाट मुसीकोट नगरपालिका-१३ छिवाङतर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका-१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका-५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका-१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहेका छन्।

घाइते मध्य विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ। उनी  र उनका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *