प्रसाईलाई महेश बस्नेतले दिएको धम्की प्रति सामाजिक सञ्जालमा बस्नेतले खाए भारी गाली

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरे ।

पत्रकार सम्मेलनमा सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई काठमाडौंको होटल याल्लोपकडामा कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो ।

कालोमोसो छ्यापेयता एमाले नेता महेश बस्नेतमाथि सामाजिक सञ्जालमा उनीमाथि सर्वसाधारण र प्रसाईका समर्थक खनिएका छन् । सोमबारयता बस्नेतले आफनो फेसबुक, टवीट्र र अन्य सामाजिक सञ्जालमा गरेको पोष्टमा गाली र अपशब्दको प्रयोग गर्दै सर्वसाधारणले गाली मात्र गरिरहेका छन् । बस्नेतलाई गुन्डा अथवा अन्य शब्द प्रयोग गरेर सर्वसाधारण कमेन्ट गरिरहेका छन् ।

सोमबारयता बस्नेतले गरेको हरेक ७ वटा पोष्टमा उनलाई फलो गर्ने गालीमात्र गरिरहेका छन् । बस्नेतका ७ पोष्टमा करिब ४ हजारभन्दा बढी कमेन्टमार्फत सामाजिक सञ्जालका प्रयोगकर्ताले गाली गरेका छन् । बस्नेत र युवा संघले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनको भिडियो, झापामा भएको तोडफोड, प्रसाईको घर घेरेको र प्रसाईलाई गाली गरेको विषयमा समेत सर्वसाधारणले गाली गरेका छन् ।

बस्नेतले पत्रकार सम्मेलनपछि प्रसाईको धम्कीबाट चुप लागेर नबस्ने चेतावनी दिएपछि उक्त पोष्टमा समेत सामाजिक सञ्जालकर्ताले उनलाई गाली गरेका छन् ।

प्रसाईको समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा गुन्डा र फटाहा नेता भनेर सामाजिक सञ्जालका प्रयोगकर्ताले अपशब्द समेत गाली गरिरहेका छन् ।

प्रसाईमाथि ज्यादती गरेको भन्दै उनका समर्थकले देशव्यापी आन्दोलन समेत गरिरहेका छन् । प्रसाईले भने एक सातायता सामाजिक सञ्जालमा भएका घटनाका विषयमा जानकारी नभएको र झापामा भएको तोडफोडमा पनि पहिचानवादीले गरेको प्रसाईले बताएका छन् । आफुले अरुले जस्तो धम्कीपुर्ण भाषा र व्यक्ति विषेश आरोपसँग धम्कीपुर्ण भाषा प्रयोग नगरेको उनले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *