हमासले हान्यो इजरायली भुमीमा रकेट, २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

No ads found for this position
No ads found for this position

काठमाडौं- प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ ।

इजरायलले उत्तरी गाजापट्टीको भुमी खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो ।

‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौं, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भुमीमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन्।

त्यहाँ रकेटहरूक कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ ।

इजरायली सरकारले आइतबारसम्म गाजा पट्टी वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ । ‘धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ तर मैले पहिले एउटी महिलासँग कुरा गरें, जसले उनी आफ्नो परिवारसँग बस्न चाहन्छिन्,’ अलजजिरासँग ती महिलाले भनिन्।

बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन्। अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रबाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन् ।

गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण जारी छ । सो क्रममा धेरै महिला र बालबालिकाहरूसहित गत २४ घण्टामा ३२० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका हुन् ।

इजरायली बमको घेरामा परेका प्यालेस्टाइनीहरू मारिने क्रम निरन्तर बढीरहेको एन्क्लेभका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

गत हप्ता इजरायल भित्र हमासको आक्रमण सुरू भए पछि इजरायलले ११ लाख बासिन्दालाइ थातथलो छाडन चेतावनी दिएको थियो । उसको चेतावनी पछि त्रासमा रहेका प्यालेस्टाइनीहरू आफनो थातथलो छाडने क्रममा नै भएको बम आक्रामणवाट बितेका २४ घन्टामा ३२० भन्दा बढी निर्दोष प्यालेस्टाइनी मारिएका हुन ।

जमिनी आक्रमण सुरु गर्ने भन्दै आएको चेतावनी पछि दक्षिणतिर जान भनेको एक दिन पछि नै इजरायलले गाजामा बमबारी जारी राख्दा बढ्दो संख्या आएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *