गाडी तोडफोडको जिम्मा लिए पहिचानवादीले, प्रसाईको संलग्न रहेको भन्दै युवा संघले गर्यो घर घेराउ

No ads found for this position
No ads found for this position

काठमाडौं- असोज २५ गते झापाको अर्जनुधारामा राष्ट्रिय युवासंघ नेपालको कार्यक्रम चलिरहेको बेलामा पार्किङमा राखिएका गाडी तोडफोड गरिएको छ । यसको जिम्मा पहिचानवादीहरुले लिएका छन् ।

झापामा तोडफोड भएको आरोप युवासंघले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई लगाएका थिए ।

अर्जुनधारामा आफुहरुले आयोजना गरेको कार्यक्रम भाँड्न नसकेपछि दुर्गा प्रसाईका कार्यकर्ताले पार्किङ स्थलमा राखिएका गाडी तोडफोड गरेको युवासंघको आरोप छ । तर, पहिचानवादीले भने बिहिबार साँझ विज्ञप्ती जारी गर्दै युवा संघको गाडी तोडफोड गरेको जनाएका छन् ।

झापामा भएको घटनापछि भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका- ६ कमेरोटारस्थित दुर्गा पसाईको घर अगाडी (नेकपा एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले भक्तपुर जिल्ला कमिटीले घेराउ गरेका छन् ।

भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०/१५ जनाको समूहले प्रसाईको घर घेराउ गरेका छन् । उनीहरुले प्रसाईको घर फुटाउने धम्की समेत दिएको प्रसाईले हिजो नागरिक प्रेसलाई जानकारी दिएका थिए ।

म र मेरा कार्यकर्ता संलग्न नभएका विषयलाई लिएर ममाथि धम्कीपुर्ण भाषा प्रयोग गर्दै युवा संघले मेरो घर घेरेका छन् । यो भन्दा ठुलो अराजकता के हुन्छ भन्ने प्रसाईको राज्यसँग प्रश्न छ । एउटा जिम्मेवार पार्टीले पनि यो विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने प्रसाई बताउँछन् ।

प्रसाईका अनुसार झापामा भएको युवा संघको कार्यक्रममा पहिचानवादीहरुले तोडफोड गरेका थिए । त्यो कार्यक्रममा एमालेका नेता महेश बस्नेतपनि सहभागि विषयमा आफु जानकारी समेत नभएको प्रसाईले बताएका छन् । युवा संघले आफु र परिवारमाथि नै त्रास फैलाउन खोजेको उनको आरोप छ ।

झापास्थित अर्जुनधारा नगरपालिकामा बस्नेतको कार्यक्रममा प्रसाईका कार्यकर्ताले बिरोध गरेको र उक्त बिरोधको विषयलाई लिएर उनको घर घेराउ गरेका थिए ।

प्रसाई झापा भएको बेला उनको घर घेर्न पुगेका युवा संघका कार्यकर्ताले घर फुटाउने समेत धम्की दिएको प्रसाईले बताएका छन् ।

दुर्गा प्रसाईलाइ कालोमोसो छ्यापेको विरोधमा देशव्यापी रुपमा आन्दोलन भइरहेको छ । प्रसाईका समर्थकले आन्दोलन गर्दै एमाले अध्यक्ष केपी ओली र कालोमोसो छ्याप्न लगाउने नेता महेश बस्नेतमाथि कारवाहीको माग गरिरहेका छन् ।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका थिए ।

पत्रकार सम्मेलनमा सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो ।

कालोमोसो छ्यापेको केही समयमा एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गरेका थिए । प्रसाईको समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा गुन्डा र फटाहा नेता भनेर सामाजिक सञ्जालका प्रयोगकर्ताले अपशब्द समेत गाली गरिरहेका छन् । बस्नेतको पोष्टमा करिब ३ हजारभन्दा बढी कमेन्ट प्रसाईमाथि गरेको ज्यादतीको विरोधमा छ ।

यो पनि पढ्नुस्-

एमालेनिकट युवा संघको चेतावनी- दुर्गा प्रसाईको घर फुटाउने धम्की



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *