इजरायलबाट ल्याइयो २५४ नेपाली, विमानस्थलमा रोकिएन हर्षको आँसु

No ads found for this position
No ads found for this position

काठमाडौं- इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरी नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट आज बिहान नेपाल ल्याइएको छ । उनिहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धार गरी नेपाल ल्याइएका नेपाली नागरिकहरुलाई विमानस्थलमा नेपाल प्रहरीले ३ वटा बस मार्फत उनिहरुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गरेको छ।

उद्धारमा गएका परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने बताए ।

मन्त्रि साउदले भने, ‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये ५०३ जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तहरुको आँखामा खुसिको आँशु देखिएको थियो । परिवारजनहरू भावविव्हल देखिएका थिए । उनीहरू अँगालो हालेर रोएका थिए।

हिजो बिहान साढे २ बजे नेपाल एयरलाइन्सको वाइडवडी विमान इजरायलबाट नेपाल उडेको थियो । इजरायल हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *