प्रसाईलाई कालोमोसो छ्यापेको विरोधमा देशव्यापी आन्दोलन, एमाले नेता बस्नेतलाई कारवाहीको माग

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले कालोमोसो छ्यापेको विरोधमा देशव्यापी रुपमा आन्दोलन भइरहेको छ । प्रसाईका समर्थक तथा महाअभियनमा संलग्नसँगै सर्वसाधारणले आन्दोलन गर्दै एमाले अध्यक्ष केपी ओली र कालोमोसो छ्याप्न लगाउने नेता महेश बस्नेतमाथि कारवाहीको माग गरिरहेका छन् ।

महाअभियानमा संलग्न व्यक्तिले मेची-महाकालीमा आन्दोलन गरिरहेको दृश्य सामाजिक सञ्जालमा पोष्ट पनि गरिरहेका छन् । प्रसाईलाई कालोमासो छ्यापेको विरोधमा सबै प्रदेशमा आन्दोलन भइरहेको छ । आन्दोलनमा एमाले नेता बस्नेतलाई कारवाहीको माग गर्दै गुन्डा संक्षा समेत आन्दोलनकारी दिइरहेका छन् ।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका छन् ।

पत्रकार सम्मेलनमा सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो ।

कालोमोसो छ्यापेको केही समयमा एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गरेका थिए । प्रसाईको समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा गुन्डा र फटाहा नेता भनेर सामाजिक सञ्जालका प्रयोगकर्ताले अपशब्द समेत गाली गरिरहेका छन् । बस्नेतको पोष्टमा करिब २ हजारभन्दा बढी कमेन्ट प्रसाईमाथि गरेको ज्यादतीको विरोधमा छ ।
आन्दोलनकारी मारवाडीको तस्करीका बारेमा सरकार गम्भीर नभएको कारण उनीहरुको मनपरी भएको आरोप समेत लगाएको छ ।

कालोमासो छ्याप्दै उनीहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद समेत भन्ने नारा लगाएको थिए । सर्वहारा र भुँईमान्छेको पक्षमा बोल्न व्यक्ति भएका कारण पनि आफुमाथि भएको दुरुव्याहारको विरोध गर्दै जनताले आन्दोलन गरेको प्रसाईले जानकारी दिए ।

देशमा जनताका लागि केही गर्छुभन्दा अपराधी मानसिकता भएको एमालेको कार्यकर्ताहरुले कालोमोसो छ्यापे र यसको प्रतिक्रिया अहिले जनताले दिइरहेको उनले बताए । ‘एमालेनिटक युवा संघले केही मारवाडी तस्करीसँग मिलेर कालोमोसो छ्यापे । अहिले उनीहरुले पतिङ्गर भए । जनताले सामाजिक सञ्जाल र सडकबाट कालोमोसो दलेको जवाफ दिए ।’ उनले भने, ‘मारवाडीसँग साँठगाँठ भएको एमालेले आफनो महाअभियानलाई अवरोध खडा गर्न यस्तो कु-प्रवृति देखाए । त्यसको जवाफ अहिले भेटेका छन् । जनताको मान्छे भएकाले अहिले जनताले आफुमाथि गरेको दुरुव्यवहार सहन नसकेका हुन् ।’

राजनीतिक कुरीति र भष्टाचार शुद्रीकरणका लागि आन्दोलन जारी राख्ने र कालोमोसो दल्नेहरुलाई जनताले नै देखाइदिने प्रसाईले बताए ।

महाअभियानमार्फत दुर्गा प्रसाईले चलाएको र हाल तस्करी मारवाडीको विरोध गरिरहेको उचित छ । उनीहरुकै कारण हामीमाथि प्रश्न उठेको उनको भनाइ ।

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । जसका कारण हाल देशमा आर्थिक मन्दी सिर्जना भएको प्रसाईको आरोप छ ।

प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान थालेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिकको सहभागिता बढेको छ ।
हाल देशमा देखिएको विकृतिको मुख्य जड राजनीतिक हो । देशको व्यवस्था परिवर्तनका लागि कात्तिक-मंसिरदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने तयारी भएको समेत प्रसाईले पत्रकार सम्मेलनमा जानकारी गराए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *