द्वन्द्वग्रस्त देशबाट विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ ।

गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।

नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल जाने भएको छ ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *