इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

No ads found for this position
No ads found for this position

काठमाडौं- इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंको माईतीघरमा दीप प्रज्वलन गरिएको छ ।

मंगलवार साँझ राष्ट्रिय युवा संघ नेपालले दीप प्रज्वलन गरेको हो । हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएका थिए ।

उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए ।

उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *