सर्वहारा वर्ग र भुइँ मान्छेको आवाज उठाउँदा मलाइ एमालेनिकट युवा संघले कालो मोसो छ्याप्यो: दुर्गा प्रसाई 

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरे।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा नै गरे ।

पत्रकार सम्मेलनमा सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी गरिरहेको छ ।

कालोमासो छ्याप्दै उनीहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद भन्ने नारा लगाएका थिए । सर्वहारा र भुइँ मान्छेको पक्षमा बोल्दा एमालेनिटक युवा संघले केही मारवाडी तस्करीसँग मिलेर कालोमोसो छ्यापेको प्रसाईले आरोप लगाए ।

देशमा जनताका लागि केही गर्छुभन्दा अपराधी मानसिकता भएको एमालेको कार्यकर्ताहरुले कालोमोसो छ्यापेको प्रसाईले बताएका छन् । मारवाडीसँग साँठगाँठ भएको एमालेले आफ्नो महाअभियानलाई अवरोध खडा गर्न यस्तो कु-प्रवृति देखाएको उनको आरोप छ । कालोमोसो दलेको जवाफ जनताले चाँडै दिने उनको दाबी छ ।

तस्करीमा संलग्न मारवाडी व्यवसायीको तस्वीर सार्वजनिक गर्दै प्रसाईले भनेका थिए । ‘मारवाडी समुदायको होइन, तस्करीमा संलग्न मारवाडी संलग्न विरोध गरेको हुँ । अहिले देखिएको आर्थिक मन्दीको जड पनि तीनै मारवाडी हुन् ।’

राजनीतिक कुरीति र भष्टाचार शुद्रीकरणका लागि आन्दोलन जारी राख्ने र कालोमोसो दल्नेहरुलाई जनताले नै देखाइदिने प्रसाईले बताए ।

प्रसाईको पत्रकार सम्मेलनमा तीन मारवाडीहरु पनि थिए । ती मारवाडीले विदेशबाट आएका मारवाडीका कारण मारवाडी समुदायमाथि प्रश्न समेत उठन थालेको र बर्मामा आएको केही मारवाडीले नेपालको अर्थतन्त्र बिग्रने भुमिका रहेको समेत उनीहरुको आरोप थियो ।

ति मारवाडी भन्छन् तस्कर मारवाडीका कारण देशमा बस्न सक्ने अवस्था छैन । मारवाडी राकेश अग्रवालले अहिले देशमा सर्वसाधारणले मारवाडीलाई हेर्ने नजर नै फरिएको औल्याएका छन् । महाअभियान दुर्गा प्रसाईले चलाएको र हाल तस्करी मारवाडीको विरोध गरिरहेको उचित छ । उनीहरुकै कारण हामीमाथि प्रश्न उठेको उनको उनले बताए ।

विशाल ग्रुप बैक, बीमा वित्तिय र सहकारीसँगै अन्य क्षेत्रबाट पैशा कमाएको विदेश लागेर लुकाउने गरेको प्रसाईले सार्वजनिक गरेका छन् भने गोल्यान ग्रुपले कृषि, भु-माफिया, बैंक, माटो, मल र अन्य क्षेत्रमा लगानी गर्ने भन्दै तस्करी गरिरहेको प्रसाईले सार्वजनिक गरेको तस्वीरमा भनिएको छ । यस्तै, सघाई ग्रुपले पनि यस्तै विभिन्न क्षेत्रमा गरेको लगानीका बहानामा तस्करी गरिरहेको प्रसाईले सार्वजनिक गरेको तस्वीरमा देखाइएको छ ।

हाल देशमा देखिएको विकृतिको मुख्य जड राजनीतिक हो । देशको व्यवस्था परिवर्तनका लागि कात्तिक-मंसिरदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने तयारी भएको समेत प्रसाईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । जसका कारण हाल देशमा आर्थिक मन्दी सिर्जना भएको प्रसाईको आरोप छ ।

मारवाडी समुदाय १९८५ सालमा नेपाल छिरेका थिए । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन अर्थतन्त्रमा पनि कब्जा जमाएर बसेका देखिन्छन् ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु हुन् । बर्मा सरकारले लखेटेपछि नेपाल छिरेका उनीहरुका हातमा हाल नेपालकै अर्थतन्त्र अथवा ४० खर्ब रुपैयाँ रहेको प्रसाईले आरोप लगाउँदै आएका छन् ।

बर्मामा आएका मारवाडी सर्पको छाला, सुपारी, सून र अन्य तस्करीमा संलग्न भएको आरोप लाग्ने गरेको छ । प्रसाईले आज सार्वजनिक गरेको तस्वीर पनि बर्माबाट आएकै मारवाडी र उनीहरुका परिवारको हो ।

प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान थालेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिकको सहभागिता बढेको छ ।

एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यादा पवन गोल्यान जिन्दावाद भनि नारा लगाएका थिए ।

‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाइ कालोमोसो दलेको विरुद्धमा झापा र कोशी प्रदेशमा विरोध प्रर्दशन समेत सुरु भएको छ ।



प्रतिक्रिया

One thought on “सर्वहारा वर्ग र भुइँ मान्छेको आवाज उठाउँदा मलाइ एमालेनिकट युवा संघले कालो मोसो छ्याप्यो: दुर्गा प्रसाई 

  1. याे देशमा केहि गर्छु भन्ने मानिसलाई सपाेर्ट गर्नु पर्नेमा झन धम्की दिने, तर्साउने, नकारात्मक साेच राखि घट्ना घटाउने जस्ता कार्य तु राेकी दाेषिलाई तु कार्वाहि गरिनु पर्छ । चाहे गरिब, धनि, जुन सुकै परिवारकाे मानिस भएता पनि बाबुकाे छाेरा वा छाेरि जाे भए पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *