तुइन बाट खसेर कर्णाली नदीमा १ जना बेपत्ता

No ads found for this position
No ads found for this position

हुम्ला- कर्णाली नदी पार गर्ने क्रममा तुइनको डोरी चुँडिँदा एक जना बेपत्ता भएका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका स्थित कर्णाली नदीमा खसेर शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका-५ नेरगाउँका रहेको बताइएको छ ।

कर्णाली कोरिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता उनी भएको थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *