करोडौं माल खानका लागि सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहतमा राखियो: सुनिल शर्मा

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठुला व्यापारीबाट करोडौं असुली गर्नका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।

शनिबार सिंहदरबारमा आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले चुनावी प्रयोजनका लागि करोडौँ रुपैयाँ असुली गर्नका लागि सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरे।

सांसद शर्माले भने, ‘यो सम्पत्ति शुद्धीकरण प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ। यो माल खानका लागि राखेको हो । चुनावका बेला प्राइममिनिस्टर जोसुकै भए पनि प्राइममिनिस्टरहरुले ठुला व्यापारीहरूलाई टवाक्क चिठी काट्ने । छापा हान्न पठाउने । अनि माल यति करोड भनेर लिने । अनि चुनाव लड्ने । यो देशमा कानुनमा टेकेर यस्तो अपराधीकरण भएको छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *