स्पेनका पूर्व राजाविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

No ads found for this position
No ads found for this position

काठमाडौं- बेलायती एक न्यायाधीशले स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमको एक पूर्व प्रेमीले गरेको उत्पीडनको आरोपको लण्डनमा सुनुवाइ हुन नसक्ने फैसला सुनाउनुको छ । फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गरेका छन् ।

इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायन-विट्गेन्स्टाइन-सायनले जुआन कार्लोसविरुद्ध १२ करोड ६० लाख पाउन्ड (१५ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकि थिइन् ।

सन् २०१४ मा राजगद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजाले जासुसी र उत्पीडन गरेर आफूलाई ‘ठूलो मानसिक पीडा’ दिएको सायनको आरोप छ ।

न्यायाधीश रोवेना कोलिन्स राइसले पूर्व राजाविरुद्ध दायर भएको दिवानी मुद्दालाई अस्वीकार गरेका छन् । ‘इङ्ल्यान्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन,’ उनले आफ्नो लिखित फैसलामा भनेका छन् ।

न्यायाधीस राइसले भने, ‘यस्तो परिस्थितिमा विदेशी मूलका प्रतिवादीमाथि अङ्ग्रेजी क्षेत्राधिकारको धारणालाई समर्थन गर्ने कुनै पनि अधिकारी देखिएन ।’

‘जु सायन-विट्गेन्स्टाइन-सायनले उजुरी गरेको ‘वैयक्तिक जीवनमा ठूलो मानसिक पीडा दिएको घटना’ इङ्ग्ल्याण्डमा भएको थियो भनेर पर्याप्त आधार स्थापित गर्न सकेकी छैनन्,’ फैसलामा उल्लेख गरिएको छ ।

‘स्पेनका पूर्व राजाले यो निर्णयको स्वागत गरेका छन् । फैसलाले ‘आफू निर्दोष रहेको पुष्टि गर्दछ’ र ‘थप सार्वजनिक उपस्थिति’ को लागि मार्ग प्रशस्त गर्दछ,’ पेरिसस्थित उनका प्रचारकहरूले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । -रासस/एएफपी



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *