राजनीतिक कुरीति- भ्रष्टाचारविरुद्ध शुद्धीकरण र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्दै दुर्गा प्रसाई

मंसिर सात गतेदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने प्रसाईको घोषणा

No ads found for this position
No ads found for this position

मंसिर सात गतेदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने प्रसाईको घोषणा

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजनीतिक कुरीति र भ्रष्टाचारविरुद्ध चाँडै आन्दोलन गर्ने बताएका छन् ।

हाल देशमा देखिएको विकृतिको मुख्य जड राजनीतिक हो । देशको व्यवस्था परिवर्तनका लागि मंसिर सात गतेदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने तयारी रहेको प्रसाईले जानकारी दिए । राजनीतिक र भ्रष्टाचार शुद्रीकरणको आवश्यक भएका कारण आन्दोलनको घोषणा गरेको उनको भनाइ छ ।

राजनीतिक कुरीति र भ्रष्टाचारविरुद्ध शुद्रीकरणका लागि आन्दोलन गर्ने प्रसाईले बताए । ‘नेपालमा राजसंस्था र हिन्दुराज्य नभएका कारण अहिले जनता असुरक्षीत र देश छाडन थालेका छन् । यो विषयमा सरकार सहभागी र अन्य राजनीतिक दल चिन्तित छैन । त्यही भएर आफुले आन्दोलन गर्न लागेको हुँ ।’ उनले भने, ‘नेपालको राजनीतिकमा अहिलेका मुख्य पार्टीले जे-गर्दा नि हुन्छ भनेर मनपरी गरिरहेका छन् । जसका कारण नेपाली जनता गाँसवाँसको टुङगो नलाग्ने भएपछि वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । त्यही भएर सुधारका लागि आवाज उठाउनुपर्‍यो ।’

अहिलेका राजनीतिक दलले गरेको व्यवस्थालाई परिर्वतन नगरी देशमा विकास नहुने उनको भनाइ छ ।

सरकारले देशमा ठूला भ्रष्टाचार र विकृति मच्चाउने व्यक्तिलाई संरक्षण गरिरहेको छ । त्यही भएर देशमा केही उन्नति नभएको उनको बुझाइ छ ।

गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने उनको माग छ । प्रसाईले राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा समेत वाकालत गर्दै आएका छन् ।

बैंक,वित्तीय सहकारी बिमा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्दा मुनिको ऋण मिनाह गरी बिखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखि गत फागुनदेखि प्रसाईले महाअभियान सञ्चालन गर्दै आएका छन् ।

प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान थालेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिकको सहभागिता बढेको छ ।

गत फागुनयता प्रसाईले उठाएका आवाज राष्ट्रिय बहसको विषय बनेको छ । प्रसाईले देशको अर्थतन्त्र केही सिमित व्यापारी, केही मारवाडी, तस्करी र नेपालमा विकृत्ति फैलाउनेको हातमा पुगेको समेत दाबी गर्दै आएका छन् ।

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । जसका कारण हाल देशमा आर्थिक मन्दी सिर्जना भएको प्रसाईको आरोप छ ।

आर्थिक मन्दीका कारण देशभरका व्यापारिक सटर बन्द, देशमा अवसर नपाएर युवा विदेशीदाँ गाँउ–घर रित्तिदै, शैक्षिक कलेज बन्दै हुँदै र गोविन्द केसीको आन्दोलनका कारण नेपालमा पढ्न छाडेर विद्यार्थी विदेशीने क्रम बढेको उनको भनाइ छ ।

यस्तै, वैदेशिक रोजगारीका कारण देशमा युवाशक्तिको अभाव, बैंक, लघुवित्त तथा सहकारीका कारणको चर्को व्याजका कारण बढ्दो आत्महत्या, ऋण तिर्ने नसकेर व्यवसाय छाडेर विदेश पलायन हुँदै व्यापारी, नेपाल व्यापारी विदेशी बैंकमा पैसा लुकाएका कारण देशमा आर्थिक मन्दी देखाएको परेको र नेपालमा स्वदेशीभन्दा विदेशी व्यापारीको हाबी भएको विषयमा प्रसाईले महाअभियानमार्फत आवाज उठाउँदै आएका छन् ।

प्रसाईले उठाएका समसामायिक विषयमा कानुनीविज्ञ, राजनीतिक विलेश्क, अर्थविद, व्यापारी, कुटनीतिकहरु, युवा र समाजसेवीहले पनि आत्मसाथ गर्न थालेका छन् । पछिल्लो समय उनै प्रसाईले उठाएका आवाज र विषयमा केन्द्रीत भएर प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र परराष्ट्र मन्त्रीले समेत सार्वजनिक रुपमा भाषण गर्न थालेका छन् ।



प्रतिक्रिया

One thought on “राजनीतिक कुरीति- भ्रष्टाचारविरुद्ध शुद्धीकरण र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्दै दुर्गा प्रसाई

  1. सम्वन्धन पाएपछि चुपलाग्छन यिनी कि खाेईराे खन्दै जान्छन हेराै न ईमान देखाए भने यिन्लाई मान्न पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *