रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

शनिबार काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल पुगेर सभापति देउवाले खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि खड्का अस्पतालमा भर्ना भएका छन्। अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।

उनलाई भेट्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि बिहीबार सैनिक अस्पताल पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *