भ्रष्टाचार गरेको पैसा लुकाउने र राष्ट्रको अर्थतन्त्र लुट्ने मारवाडी व्यापारीलाई नेताहरूको संरक्षण छ: दुर्गा प्रसाई 

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपालमा अहिले मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताहरुको साँठगाँठकै कारण आर्थिकमन्दी देखिएको छ । बैंक, वित्तिय तथा सहकारी संस्थामा अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । उनीहरुले नेपालमा कमाएको र भष्टाचार गरेको पैसा विदेशमा लागेर लुकाउने गरेको नेपाली व्यवसायीहरुले सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।

राजनीतिक दलका शीर्ष नेता र उच्च कर्मचारीहरुले देशभित्र कमिशन र अन्य अवैध माध्यमबाट कमाएको पैसा मारवाडीले चलाएका कारण उनीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

सबै राजनीतिक दलका शीर्ष नेताहरुको पैसा मारवाडी व्यापारीसँग भएका कारण उनीहरुविरुद्ध कुनैपनि राजनीतिक दल बोल्न सक्ने आँट नगरेको प्रसाईले बताएका छन् ।

वार्षिक रुपमा नेपालबाट मारवाडी व्यापारिक घरानाले खर्बौं रकम बाहिर लैजाने गरेको र उनीहरुलाई राजनीतिक दलको शीर्ष नेताहरुले सहयोग गरिरहेको प्रसाईले बताए । ‘अर्थतन्त्र नै मारवाडीहरूको कब्जामा छ । नेपालमा राजनीतिक दल र उच्च कर्मचारीले भष्टाचार गरेर कमाएको कालोधन लुकाउने पनि मारवाडी व्यापारी छन् भने सुन, नोट, अमेरिकी डलर, सुपारी, काठ र सर्पको छाला समेत यीनै मारवाडी व्यापारीले तस्करी गरिरहेका छन् ।’ उनले भने, ‘वि.सं. १९८५ सोहनलाल गोल्यानसहितका १६ परिवार वर्माबाट नेपाल छिरेका हुन् । तीनै मारवाडीहरुले अहिले राजनीतिक शक्तिका भरमा देशको अर्थतन्त्र चलाइरहेका छन् । नेपालमा मारवाडीहरूको इतिहास र वर्तमान अवस्था हेर्ने हो भने आकाश पातलको अन्तर देखिन्छ ।’

करिब ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरू आज नेपालका लगानीका हरेक क्षेत्रमा कब्जा जमाएर बसेका देखिन्छन् । उनीहरुले देशका शीर्ष नेताको सम्पति पनि कब्जा गरेर बसेको प्रसाई बताउँछन् ।

राजनीतिक दलको शीर्ष नेता र उच्च कर्मचारीहरुको १० खर्ब रुपैयाँ भन्दा बढी पैसा केही मारवाडीको कब्जा छन् । यो पैसा डुब्ने डरले पनि राजनीतिक दलका नेताहरु उनीहरुको दास बन्न बाध्य भएको प्रसाईको भनाइ छ ।

कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा तीनै बर्माबाट आएको मारवाडी व्यापारीको मनपरी छ । उनीहरु सुनतस्करी, साप तस्करी, अमेरिकी नोट तस्करी र भारतीय नोटसमेको तस्करी गरिरहेको र यसको प्रमाण सरकारसँग भएपनि केही गर्न नसकेको नेपाली व्यवसायीको आरोप छ ।

प्रसाईका अनुसार केही मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताका कारण देशका कलकारखाना, उद्योग, सरकारी व्यवसायी, बैंक तथा वित्तिय संस्था विगतमा राम्ररी चलेका उद्योग बन्द भइरहेका छन् । भने, यी कारण देशको अर्थतन्त्र बिग्रिदाँ हाल देशभरका व्यवसायी पयालन हुने क्रम चलिररहेको प्रसाईको दाबी छ ।

पछिल्लो समय छानविन भइरहेको ललिता निवास प्रकरण, सुन तस्करी र अन्य केही मुद्दामा नेपाली व्यापारी जेल परे तर, यही मुद्दामा मुछिएका मारवाडी व्यापारीले भने उन्मुक्ति भएको विषयमा विरोध समेत भइरहेको छ । यसको पछाडी पनि शीर्ष नेताको कालोधन तीनै मारवाडी व्यापारीसँग भएका कारण उनीहरुलाई राजनीतिक दवावमा समाउन नसकेको नेपाली व्यवसायीहरुको आरोप छ ।

अधिकांश व्यापारिक घरानाका मालिक मारवाडी नै छन् । शेखर गोल्छाबाहेकको मारवाडीहरू वर्माबाट नेपाल आएका हुन् । गोल्छाबाहेक मारवाडी दशकअघि मात्र नेपाल प्रवेश गरेको थिए ।

बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु हुन् । बर्मा सरकारले लखेटेपछि नेपाल छिरेका उनीहरुका हातमा हाल नेपालकै अर्थतन्त्र अथवा ४० खर्ब रुपैयाँ रहेको पाइएको छ ।

सोहनलालका छोरा पवन गोल्यान जो एनएमबी बैंकका अध्यक्ष छन् । यीनै गोल्यानहरु नेपालका राजनीतिक दलसँग मिलेमतोमा दुई नम्बरी धन्दामासमेत लागेका मारवाडी समुदायकै सदस्यहरु बताउँछन् ।

नेपालका मारवाडी समुदायको होइन । नेपालको अर्थतन्त्रमा खेलवाड गर्ने मारवाडी व्यापारीमाथि आफनो विरोध भएको प्रसाईले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *