राजसंस्था र हिन्दुराज्यको पक्षमा जनमत बढेपछि गणतन्त्रवादी तर्सिन थाले : प्रसाई

No ads found for this position
No ads found for this position

काठमाडौं- तत्कालीन संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्यको घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको एक दशकभन्दा बढी भइसकेको छ । एक दशकसम्म राजतन्त्रको मोह जनतामा हराएको छैन ।

पछिल्लो समय जनताले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्न थालेको नागरिक बचाउ अभियान संजोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् । नेपाली आमजनतामा सरकार भएको आभास छैन, भ्रष्टाचार र महँगीले जनता रणभुल्लमा भएका बेला राजसस्थाको आवश्यक रहेको प्रसाईले बताउँछन् ।

हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा देशभर माहोल बन्दै गएपछि गणतन्त्रवादी तर्सिन थालेको र उनीहरु राजनीतिक विचल्ती समेत भएको उनले बताए ।

‘हिन्दूराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा सङ्कट समाधान र विकास गर्ने होइन, त्यसले सङ्कटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । देशमा नागरिक बस्ने वातावरणको सिर्जनापनि हिन्दुराज्यले नै गर्छ ।’ उनले भने, ‘राजतन्त्र र हिन्दूराज्यको नाम बचेर रोटी साटेर खानेपनि अहिले राजसंस्थाको पक्षमा माहोल बनेपछि फेरी सल्बलाउन थालेका छन् । राजतन्त्र र हिन्दूराज्यको नारा बोकेर गणतन्त्रवादीसँग साँठगाँठ गरेर सत्ता पुग्ने बाटो मात्र खोजेका हुन् ।’

राजसंस्था कालमा राजाले गर्ने गरेका सम्पूर्ण सांस्कृतिक कार्य जस्ताको तस्तै राष्ट्रिपतिको वाहुबलीबाट सम्पन्न गर्न थालेपनि राजासंस्थाप्रति जनतामा मोह पलाएको प्रसाईको भनाइ छ । राजसंस्था र हिन्दूराज्य फर्किनेमा आफु ढुक्क भएको उनको भनाइ छ ।

गत फागुन १ गते राजा ज्ञानेन्द्र शाहले मेची पुलको कार्यक्रममा प्रसाईले सहभागी गराएका थिए । प्रसाईले लामो समयसम्म सार्वजनिक कार्यक्रममा नहिडेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई सार्वजनिक कार्यक्रममा बोलाएर अभिनन्दन गरेका थिए । उनको यो कार्यक्रमले राजनीतिक बृत्तमा ठुलो चर्चा समेत भएको थियो ।
त्यतिबेला निवासबाट पूर्वराजा शाह करिब ५२ किलोमिटर दूरीमा आफैं गाडी चलाएर काँकडभिट्टा कार्यक्रममा पुगेका थिए । हाल राजाले भत्तपुरको पाटन दरबारमा सहभागि भएका थिए ।

राजा सार्वजनिक कार्यक्रममा सहभागी भएपछि राजसंस्थाप्रति जनतामा विश्वास बढेको प्रसाई दाबी गर्छन् ।

राजसंस्था र हिन्दुराज्यका पक्षमा प्रदर्शन र्याली गर्नुमा धेरै पक्ष जोडिन थालेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजसंस्था छाड्दा राजनीतिक दलहरुले एउटा प्रतिवद्धता जनाएको तर पूरा नगरेको अहिले चर्चा छ । त्यो खुलेको भने छैन ।

मेडिकल कलेज खोल्न बैंकको ऋण लिएर चर्को ब्याज तिरिरहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजका कारण नेपालीहरू बाँच्न नसक्ने अवस्थामा पुगेको भन्दै गाउँघरमा लघुवित्त तथा सहकारीका कारण नेपाली नागरिक अत्माहत्या गर्न थालेको भन्दै बचाउन प्रसाई गत वर्षदेखि अभियान थालेका छन् । उनको महाअभियानमा देशभरबाट करिब ९ लाख नागरिक जोडिएका छन् ।

लिङ्देन र थापाको दोहोरो चरित्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेनले पनि पछिल्लो समय राजसंस्था र राजा ब्युत्याउन आन्दोलन थालेका छन् । गणतन्त्र स्वीकारेका लिङदेन मन्त्री समेत बनेपछि राजसंस्था र हिन्दु राज्यका पक्षमा भ्रम फैलाउन मात्र यो नारा लगाउने गरेको राप्रपाका नेता–कार्यकताले आरोप लगाइरहेका छन् ।

लिङ्देनले गत साता राजासंस्था, राजा र हिन्दुराज्यको पक्षमा आन्दोलन सुरु गरे । राप्रपाले सुरु गरेको आन्दोलनको भने, सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सत्तामा जाने बाटो बनाउन आन्दोलन सुरु गरेको भन्ने उनीमाथि राप्रपाकै नेता–कार्यकर्ता आरोप लागेको छ ।

यस्तै, अध्यक्षमा लिङ्देनसँग हारेपछि अलग पार्टी खोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी राजसंस्था, राजा र हिन्दुराज्यका नारा लिएर आन्दोलनमा उत्रिएका छन् । २०६३ सालपछि राजतन्त्र हटेपछि पटक–पकट मन्त्री भएका थापाले गत वर्षदेखि राजतत्त्रको मुद्दा छाडेका थिए ।

उनीहरु दुवै जना राप्रपाका नेता हिन्दू राजतन्त्रात्मक नेपालको पक्षमा उभ्याउँदै पटक–पटक सत्ताभोग गरी सकेका छन् । उनीहरुले राजनीतिक जीवनको पछिल्लो चरणमा भने गणतन्त्रवादी बनेका छन् । भने, गणतन्त्रवादीको सरकारमा सहभागी भएपछि लिङदेन र थापाको राजतन्त्रात्मक नेपालको नारा पनि नाटक मात्र भएको सर्वसाधरण बुझाइ छ ।

सत्तामा जानका लागि लिङदेन र थापाले दोहोरो चरित्र देखाएको राप्रपाभित्र आवाज उठन थालेको छ । प्रसाईले पनि उनीहरुले राजसंस्था, राजा र हिन्दुराज्यको नारा मात्र बोकेको र यसमा सत्तामा पुग्ने स्वार्थ भएको आरोप लगाएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *