जर्मनी कामदार पठाउन ड्राफ्ट आदान-प्रदानको तयारी, बन्ला त रोजगारगन्तव्य ?

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले जर्मनीमा वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ ।

जर्मनीमा मौसमी र वर्किङ भिसामा कामदार पठाउने गरी छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जर्मनीमा कामदार पठाउने ड्राफ्ट तयारी गरी त्यहाँको सम्बन्धित निकायमा पठाएको श्रम मन्त्रालयले जानकारी दियो ।

नेपालले अन्य देशसँग गरेको श्रम सम्झौता जस्तो फ्रि भिसा र फ्रि टिकटकै मोडलमा कामदार पठाउने गरी छलफल अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ ।

जर्मनीले पहिलो चरणमा कोटा प्रणालीबाट कामदार लिन खोजेको र त्यसमा नेपालले पनि आफनो संरचना बनाएर कामदार पठाउने प्रस्ताव गरेको श्रम मन्त्रालयको भनाइ छ ।

सरकारले जर्मनीमा कामदार पठाउन श्रम सम्झौताका लागि ड्राफ्ट आदान-प्रदान गर्न लागेको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए ।

जर्मनी नेपालको हकमा राम्रो रोजगार गन्तव्य देश र विकाशित देशको रोजगारी समेत भएकको उनले बताए । ‘जर्मनीले पनि विगतदेखि नै वैदेशिक रोजगारीमा नेपालबाट श्रमिक लिने खोजेको थियो । नेपालले पनि विकशित देशमा कामदार पठाउन चासो दिदैँ आएको थियो । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने, ‘दुवै देशको श्रम कानुनका आधारमा श्रमिक पठाउन गरी ड्राफ्ट पनि बनेको छ । जर्मनीले पनि नेपालबाट कामदार लिने एउटा मापदण्ड पठाएको छ । जर्मनसँग श्रम सम्झौता गरेर कामदार पठाउन ड्राफ्ट तयार भएको छ ।’

विश्वव्यापी मान्यता र अन्तर्राष्ट्रिय श्रम ऐनअनुसार सेवा सुविधा पाउने गरी नै जर्मन कामदार पठाउन ड्राफट आदान-प्रदान हुने उनले जानकारी दिए ।

जर्मनीले माग गरेअनुसार मौसमी र वार्किङ गरी दुवै क्षेत्रमा कामदार पठाउने गरी छलफल भइरहेको र सोहीअनुसार ड्राफट पनि बनेको श्रम मन्त्रालयले जनाएको छ ।

यी क्षेत्रमा कामदार पठाइने

जर्मनी सरकारले २०२४ देखि ठुलो संख्यामा विदेशी कामदार भित्राउन नीति लिएको छ । जसअनुसार जर्मनी सरकारले नेपाललाई पनि कामदार लिने स्रोत देशभित्र राखेको जर्मनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जर्मनीमा पछिल्लो समय निर्माण, होटल, उद्योग र सुरक्षा क्षेत्रमा कामदारको अभाव भएपछि विदेशी कामदार भित्राउने नीति लिएको हो ।

जर्मनीमा उद्योग, होटल, स्वास्थ्य, निर्माण क्षेत्र, सुरक्षा, कृषि, उत्पादन र पर्यटन क्षेत्रमा कामदार पठाउने गरी ड्राफ्ट तयार भएको श्रम मन्त्रालयले जनाएको छ । जर्मनी जाने कामदारको सेवा सुविधा, तलब, रोजगार बिमा, स्वास्थ्य सुविधा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, करार अवधि र आवतजावत खर्चका बारेमा ड्राफ्टमा प्रष्ट समेटिएको श्रम मन्त्रालयले जानकारी दियो ।

जर्मनीको कृषि, होटल, उद्योग, शिक्षण र अन्य पेशामा वार्षिक व्यक्तिगत भिसा १ हजार ५ सय जना नेपाली रोजगारीका लागि जाने गरेको विभागले जनाएको छ । जर्मनीमा अहिले पनि व्यक्तिगत भिसामा रोजगारीका लागि नेपालीहरू जाने गरेको विभागका तथ्यांकमा उल्लेख छ ।

श्रम मन्त्रालयका अनुसार अहिले यति कामदार पठाउने भन्ने यकिन भएको छैन । तर, वार्षिक ५ हजारको संख्यामा जर्मनीमा कामदार पठाउने सकिने श्रम मन्त्रालयको अनुमान छ ।

जर्मनीमा रोजगारीमा जाने कामदारले मासिक २ लाख रुपैयाँसम्म कमाउन सक्ने मन्त्रालयको भनाइ छ । जर्मनी नेपाली कामदारका हकमा राम्रो रोजगारगन्तव्य देश बनाउन गरी छलफल र रोजगारीका सम्भावना समेत खोजी भइरहेको श्रम मन्त्रालयको बुझाइ छ । तर, श्रम मन्त्रालयले भनेजस्तो जर्मनलाई रोजगारगन्तव्य देश बनाउन मुश्किल हुने देखिन्छ ।

सरकारले युरोपका केही देशलाई नयाँ रोजगारगन्तव्य देश बनाउन खोजीरहेको छ । जर्मनीपछि नेपालले पोर्चुगल, रोमानिया, पोल्याण्ड र फ्रान्ससँग पनि श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने तयारी गरिहरेको छ । हाल जर्मनीमा १० हजारको हाराहारीमा नेपालीहरू रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *