कोशी प्रदेश: मध्यावधि चुनावमा जानबाट रोक्नुपर्छ- नेता थापा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेश मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन् ।

बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता थापाले भने, ‘कोशी सरकार गठन समस्याको रुपमा छ । कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ । भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदैछ । विकास निर्माण ठप्प छन् । केन्द्रिय नेताको सहमति र निर्णयबाट विशेष ढंगले सोच्नुपर्छ । हामीले चाह्यौँ भने मध्यावधिमा जान र मध्यावधिबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावधि होइन । त्यहाँको समस्या समाधान मध्यावधिमा गएर हुने होइन ।’

कांग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए ।

नेता थापाले भने, ‘सबै प्रदेशका सभापतिज्युले हाम्रो एउटा समान दृष्टिकोण बनाएर हामीले प्रश्ताव पेस गरेका छौँ । खासगरी प्रदेशलाई बलियो बनाउनु पर्छ। आज नेपाली कांग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएको छ । प्रदेश कार्यान्वयनमा आएको छ, तर अधिकार बिहीन छ । प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार छैन । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका छौँ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *