एकले अर्कोलाई काट्छु भन्दै खुकुरी देखाएर हिँड्दा पनि सरकार मौन छ: अर्जुननरसिंह केसी

सरकार अराजकता, हत्या र हिंसा उन्मुख भयो- यो परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चार लाख शिक्षकलाई सडकमा राख्न नहुने बताए ।

नेता केसीले भने, ‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो । त्यसबारेमा छलफल चलिरहेको छ । राष्ट्रिय रुपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातिय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ ।’

हाम्रो गौरव विविधता बीचको एकता नै थियो । उनले भने, ‘त्यसलाई खलबल गर्नेकुरा भइरहेको छ । मूल्यवृद्धि र युवा पलायन अर्को चुनौति छ । पार्टीले सोच्नुपर्ने भनेको अराजकता बढेको छ । यस्तो हुन नदिनतर्फ सोच्नुपर्छ । यो देश जसरी अराजकता, हत्या र हिंसाउन्मुख छ यो जटिल परिस्थिति छ, कांग्रेसले निकास दिनुपर्छ ।’

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भुमिका खेल्नुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *