कांग्रेस महासमितिको बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौं गर्ने प्रस्ताव

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका छन् ।

बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रश्ताव प्रश्तुत भएका हुन् । पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रश्ताव आएको पेस भएको बताए ।

उनले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रश्तुत गरेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको आज बसेको बैठमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा तीन वटा प्रश्ताव प्रश्तुत भए । एउटा महासमितिको बैठक जसले नीति महाधिवेशनको समेत काम गर्नेगरी महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रश्ताव आएको छ ।’

साथै अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रश्तुत गरेको बताए ।

उनले भने, ‘समसामयिक विषयमा जनतासँग जोडिएका जनताका दैनिक समस्याका विषयमा के कस्तो रहेको छ भनेर कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रश्तुत गर्नुभयो । आज करिव १ दर्जन वक्ताहरुले धारणा राख्नुभएको छ ।’

कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *