गणतन्त्र अझै पनि पूर्ण संस्थागत हुन सकेको छैन : अध्यक्ष विद्वान गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संविधान दिवसको शुभकामना दिएका छन्।

गुरुङले आज संविधान दिवसको ऐतिहासिक दिन भएकाले यो अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङले सङ्घीयता, धर्म निरपेक्षता, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधानले सबै जात ,धर्म ,लिङ्ग, वर्गको भावनालाई सम्बोधन गरेको बताए।

गणतन्त्रको अझै पनि पूर्ण संस्थागत हुन नसकेको बेला चुनौतीहरू चिर्दै संविधानको मर्म अनुरूप राष्ट्रमा सुशासन कायम गर्नु सबैको जिम्मेवारी भएको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *