एफएनसिसिई र मारवाडी समिति तस्करहरु जोगाउने संस्था भएको व्यवसायी प्रसाईको आरोप

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल उद्योग बाणिज्य महासंघ र मारवाडी सेवा समितिभित्र रहेको केही व्यापारी तस्करीमा मुछिएका व्यक्ति जोगाउन सक्रिय रहेको मेडिकल व्यवसायी तथा नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

सुन, सुपारी, मल, खद्यान्य सर्पको छाला, अवैध लागू औषधी ओसारपसार र अवैध केही समान तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भुमिका एफएनसिसिई र समितिको रहेको प्रसाईको आरोप छ ।

शशिकान्त अग्रवाल उखु किशानलाई दशौं अर्ब रुपैयाँ भुक्तानी नदिई आन्दोलन गर्न बाध्य बनाउने प्रमुख व्यापारी हुन् । आज तीनै व्यापारी अग्रवाललाई सरकारले पनि कर मिनाहा गदै आएको छ । भने, उनलाई मारवाडी सेवा समितिले पनि संरक्षण दिइरहेको छ ।

सरकारले उखु किशानलाई दिएको अनुदान हत्याउनेदेखि अनेक धन्दामा समेत उनी छन् । उनै अग्रवाल किशानको नाममा फाइदा लिनेहरुको भने अग्रपंक्तिमा छन् ।

पछिल्लो समय अग्रवाल आयल निगमसँगको सेटिङमा अर्को इथानोल खुलाउन सेटिङमा लागेको खुलाशा भएको छ । यसमा उनलाई राजनीतिक दल र समितिको केही व्यवसायीले सहयोग गरिरहेका छन् ।

यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केही समय अगाडी केही मारवाडी व्यापारीले नतिरेको विजुलीको पैसा छुट गर्न विद्यत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका थिए ।

अध्यक्ष ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोग मागेर मात्र कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरेका थिए ।

अध्यक्ष ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो । केही व्यापारीको तिर्न बाँकी ३० अर्बभन्दा बढी बक्यौता तत्काल प्राधिकरणले उठाउन नपाउने भएको छ ।

नेपालबाट अवैध रुपमा पैसा बाहिर लगेर लुकाउने केही मारवाडी व्यापारी, तस्करमा संलग्न व्यापारीहरुलाई समिति र एफएनसिसिले सहयोग गरेका कारण ती व्यापार कानुनबाट उन्मूक्ति पाइरहेको प्रसाईले जानकारी दिए ।

‘साना, सामान्य व्यापारी र गरिब जनताले विद्युतको पैसा नतिरेको भोलीपल्ट विजुलीको लाइन काटिन्छ । तर, तस्करी व्यापारीले राजनीतिक शक्तिमा समयमा पैसा नतिर्दा पनि उनीहरुलाई छुट हुन्छ । उनले भने, ‘अहिलेको अवस्थामा केही व्यापारीले तस्करीमा संलग्न रहेपनि कानुनी छुट पाउँछन् । तर, सामान्य व्यक्तिले कानुनी भोग्नुपर्ने, कस्तो शासन आयो देशमा ? बुझन ग्रारो भयो ।’

नेपालको पैसा केही व्यवसायीहरुले अर्थतन्त्रमा कब्जा गरेका कारण देश आर्थिक मन्दीमा फसेको उनको आरोप छ । प्रसाईका अनुसार मारवाडी सेवा समितिका नाम खोलीएको केही संस्थाले पनि तस्करमा लागेका मारवाडीको बचाउ र उनीहरुको संरक्षण गरिरहेका छन् ।

सरकारले मारवाडी व्यापार र केही अन्य व्यापारीसँग लिनुपर्ने कर यसरी छुट दिदैँ जाने हो भने नेपालमा चाँडै खाद्यन्य संटक देखा पर्ने उनको बुझाइ छ । बैंकको चर्को ब्याजदरका कारण देशभरका ६० प्रतिशत व्यापारिक सटर खाली भइरहेका छन् । दशैंपछि यो दर बढेर ८० सम्म पुग्ने र व्यापारी फलायन हुने उनको दाबी छ ।

केहि ठुला व्यापारी भनौदाले पैसा कब्जा गरेका कारण देश आर्थिक मन्दीमा यसै गुज्री रहेको छ। अब अझै यो रिती कायम हुदै गएमा खाद्यन्यमा संटक पर्न सक्ने प्रसाईले चेतावनी समेत दिएका छन् । प्रसाईका अनुसार बैंकले निक्षेप ब्याजदर पनि १५ प्रतिशतले बढाउने तयारी गरिहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *