सामाजिक सर्वेक्षणमा दुर्गा प्रसाई जनताको रोजाईमा पहिलो, अरु नेता को कतिमा ?

No ads found for this position
No ads found for this position

काठमाडौं- सामाजिक सञ्जालले केही समययता गरेको एक सर्वेक्षणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापित रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादवभन्दा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जनताले धेरै रुचाएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाह, हर्क सम्पाङ र गोपी हमालको नाममा सञ्चालित ‘स्वतन्त्र नागरिक सर्वेक्षण सञ्जाल’ले गरेको सर्वेक्षणमा देश र जनताका पक्षमा सबैभन्दा बढी आवाज उठाउने हालको सन्दर्भमा देश, राष्ट्र राष्ट्रियता जनता र आम नागरिकको हितमा बोल्ने को-को हुन् ? भनेर प्रश्न सोधिएको थियो ।

सामाजिक सञ्जालले गरेको उक्त सर्वेक्षणमा प्रसाईलाई ६५ प्रतिशत आमनागरिकले जनताका जनआवाज बोल्ने महाअभियान्ता भएर छानेका छन् ।

प्रसाई पछाडी रास्वपा सभापति लामिछानेलाई जनताले रुचाएका छन् । उनलाई १३ प्रतिशतले रुचाएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि १३ प्रतिशतले रुचाएका छन् ।

यस्तै एमाले अध्यक्ष ओलीलाई ४ प्रतिशत, प्रधानमन्त्री प्रचण्डलाई ४ प्रतिशत, कांग्रेस सभापति देउवालाई १ प्रतिशत र जसपा अध्यक्ष यादवलाई भने जनताले नरुचाएको सर्वेक्षणमा छ ।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत गरिएको सर्वेक्षणमा करिब विभिन्न शहरका ५ हजारभन्दा बढी आमनागरिकलाई सहभागि गराइएको थियो । यो सर्वेक्षणमा व्यापारी, विभिन्न क्षेत्रका विज्ञ, विश्लेषक, युवा र विद्यार्थीले सर्वेमा नेता छनोट गरेका थिए ।

यो सर्वेक्षणमा जनताले सहि नेता छान्नुपर्ने सहभागिकर्ताले सुझाव समेत दिएका छन् ।

बैंक तथा वित्तिय सस्थाहरुको ब्याज छुट तथा मिनाह गराउने भन्दै देशब्यापी अभियान सञ्चालन गर्दै आएका प्रसाईले १२/१५ जना नेता र ५५ जना व्यापारीकै कारण देशको अर्थतन्त्र डुबेको आरोप समेत लगाउँदै आएका छन् ।

५५ जना व्यापारी र १० जना नेता पार्टनर भएर सर्वत्र हालिमुहाली गरे । बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी-इन्स्योरेन्स, रक्सी, गाडी सबै उनीहरुकै । त्यसले गर्दा मान्छे झुण्डिएर मर्न थालेको प्रसाईको भनाइ छ ।

लघुवित्तको पैसा तिर्न नसक्दा एउटै रुखमा ३ चेली झुण्डिएर आत्महत्या गरे मेरै गाउँमा । त्यो घटनाले मलाई ज्यादै औडाहा भयो । यही दुखद परिस्थितिको अन्त्य गर्नका लागि हामीले महाअभियानमार्फत जनतासँग पुगेको उनको दाबी छ ।

आर्थिक तथा सामाजिक समस्याको मूल जरो भ्रष्टाचार हो । यो समस्याको मूल कारण मुलुकका १० जना नेता, नेताहरूलाई चलाउने केही बिचौलिया र ५५ जना व्यापारीहरूकै कारणले सिर्जना भएको प्रसाईले ठोकुवा गर्दै आएका छन् ।

तीनै नेता र व्यापारीका कारण नेपाललाई टाट पल्टाएर नेपालबाट विभिन्न कम्पनीमार्फत पैसा हङकङ हुँदै सिंगापुर, दुबई, अमेरिका र युरोप सम्पति लगेर लुकाएका छन् । ती नेता तथा व्यापारी को हुन् भन्ने विषय भने सार्वजनिक दाबी समेत उनको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *