पाकिस्तानमा भएको बिष्फोटमा एक नेतासिहत ११ घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् ।

जमियत उलेमा इस्लामका नेता कलात जिल्लामा राजनीतिक र्‍यालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लाबाट आक्रमण भएको थियो ।

नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ ।

आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *