सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले स्वर्गीय नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । नेम्वाङ राति राति १ बजे घरभित्र शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाइ त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १:५० बजेको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेर उनको निधन भएको घोषणा गरेका थिए ।

नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने छ ।

यो पनि पढ्नुस्-

नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *