काठमाडौं महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने ७१ काम

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाले तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।

महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चालु आर्थिक वर्षमा गर्नुपर्ने कामको सूची सार्वजनिक गरेका हुन्।

अधिकारीले काममा कुनै कारणले ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनल गायतका रहेका छन् ।

यस्तै तत्काल गर्नुपर्ने काममा सामुदायिक कुकुरको बन्ध्याकरण, आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *