मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार भूकम्पमा परि १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते भएका छन् ।

भूकम्पले निम्ताएको विनासपछि सरकारले ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेका मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।

भूकम्प शुक्रबार राति गएको थियो । भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको र भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ । भूकम्पमा परेकाहरुको खोजि तथा उद्धार कार्य जारी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *