मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प: २९६ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति भूकम्प गएको हो ।

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको र भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।

भूकम्पका कारण भवन धेरै भवनहरु ढलेका छन् । भूकम्पको पराकम्पनहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *