म गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतलाई हटाइदिएँ : सभापति देउवा

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीले भनेको कुरा कर्मचारीले मान्नै पर्ने बताएका छन् । उनले मन्त्रीहरू आउने जाने त हुन् नि भनेर हेपेपछि आफूले प्रहरी अधिकृतहरूलाई हटाइदिएको बताए ।

देउवाले कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। देउवाले भने, ‘भोट जहाँ हाले पनि ठिकै छ तर व्युरोक्रेसीले सरकारले भनेको कुरा मान्नु पर्‍यो नि, चुनाव जितेर मन्त्री भएर आइसक्यो के गर्नुहुन्छ ? मन्त्रीको कुरा मान्नुपर्छ । चित्त नबुझेको कुरा भन्नुपर्छ । म आफैँ पनि गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ । लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ ।’

पूर्व प्रधानमन्त्री देउवाले २०४८ सालमा गृहमन्त्री हुँदा नेपाल प्रहरीका आइजिपी रत्न शमशेरलाई हटाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *