क्यानडाको वर्कपरमिट मिलाइदिन्छु भनी ३४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं- रोजगारीको लागि क्यानडा पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा आकर्षक तलबमा क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरीका अनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका ४ का ३५ वर्षीय महावीर प्रसाद साहलाई पक्राउ गरिएको छ ।
उनीहरुले क्यानडा जान वर्कपरमिट भिसा मिलाइदिने भनी नक्कली विज्ञापन इन्स्टाग्राममा गरेका थिए । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ ।
प्रतिक्रिया