संसद बैठक चल्न नदिनु सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोईराला

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह गरे । देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने नेता कोइरालाको भनाई थियो ।

उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताए ।

नेता कोइरालाले भने, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ । म एउटा सांसद हो नेपाली कांग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौं । यी यस्तै भइराखेको छ । संसद चलाउनु पर्‍यो ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *