आज यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

No ads found for this position
No ads found for this position

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती भने देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *