काभ्रे बस दुर्घटनाका १७ घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

No ads found for this position
No ads found for this position

रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ।

स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मीको सहयोगमा घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले अन्य घाइतेको पनि उद्धार भइरहेको जनाएको छ।

स्थानीयका अनुसार बस सडकबाट निकै तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको भीषणताका कारण हताहतीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट उद्धार तथा विवरण सङ्कलनको काम जारी रहेकाले मृतक र घाइतेको संख्या परिवर्तन हुन सक्ने अवस्था रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *